आइएमई लाइफले बैशाखमा मात्रै दियो ३ करोड दावी भुक्तानी, अन्य कुन महिनामा कति ? « Arthapath.com
१ जेष्ठ २०८१, मंगलवार

आइएमई लाइफले बैशाखमा मात्रै दियो ३ करोड दावी भुक्तानी, अन्य कुन महिनामा कति ?



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले एकै महिना ३ करोड दावी भुक्तानी दिएको छ । कम्पनीले बैशाख महिनामा झन्डै ५ दर्जन बीमालेखमा दाबी भुक्तानी दिएको जनाएको छ ।

कम्पनीले बैशाख महिनामा कुल ३ करोड ३ लाख २७ हजार ८७५ रुपैयाँ बराबरको दावी भुक्तानी गरेको हो । सो महिनामा कम्पनीले ५३ वटा बीमालेख दावी भुक्तानी दिएको हो ।

गत चैत महिनाका तुलनामा कम्पनीको दावी भुक्तानी दोब्बर बढेको छ । चैत महिनामा पनि कम्पनी १ करोड २६ लाख ६३ हजार रुपैयाँ बराबरको दावी भुक्तानी गरेको थियो । सो महिनामा कम्पनीले २८ वटा बीमालेखमा दावी भुक्तानी दिएको हो ।

कम्पनीले दावी परेको छोटो समयमै भुक्तानी गर्दै आएको छ । कम्पनीले ग्राहकलाई झन्झटरहित सेवा प्रदान गर्ने मुख्य उद्देश्य राखेको छ। गत फागुनमा पनि कम्पनीले ३५ वटा बीमालेखमा १ करोड ४४ लाख ७५ हजार रुपैयाँ बराबरको दावी भुक्तानी दिएको थियो । यस्तै, गत माघमा पनि कम्पनीले २२ वटा बीमालेखमा ९३ लाख ३२ हजार, पुसमा ३८ वटा बीमालेखमा १ करोड ८७ लाख ७९ हजार रुपैयाँ बराबरको दावी भुक्तानी दिएको थियो ।

कम्पनीले गत मंसिरमा ३ करोड २२ लाख ६२ हजार रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ । जुन चालु आवमा हालसम्मकै धेरै हो । मंसिरमा कम्पनीले ३५ वटा बीमालेखमा सो बराबरको दावी भुक्तानी दिएको हो ।

यस्तै, कात्तिकमा ५५ लाख ५९ हजार, असोजमा २ करोड ७१ लाख २२ हजार, भदौमा १ करोड ६४ लाख ९९ हजार र साउनमा १ करोड ४९ लाख ७ हजार रुपैयाँ दावी भुक्तानी गरेको थियो । यी महिनामा कम्पनीले क्रमशः १२ वटा, ४८ वटा र २२ वटा बीमालेखमा सो बराबरको दावी भुक्तानी दिएको हो ।


प्रतिक्रिया दिनुहोस्