निर्जीवन बीमा व्यापारमा ४४% सम्मको ग्रोथः ओरियण्टल शीर्ष सूचीमा, शिखरको सर्वाधिक, कसको कति ? « Arthapath.com
१६ असार २०८२, सोमबार

निर्जीवन बीमा व्यापारमा ४४% सम्मको ग्रोथः ओरियण्टल शीर्ष सूचीमा, शिखरको सर्वाधिक, कसको कति ?



काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले एकै वर्ष ४१ अर्ब बढीको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणले हालै उपलब्ध गराएको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत वर्ष वर्ष हाल संचालनमा रहेका १४ वटा ठुला निर्जीवन बीमा कम्पनीहरुले ४१ अर्ब १७ करोड १३ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् । यो अघिल्लो आवको तुलनामा भने २.२३ प्रतिशत बढी हो । अघिल्लो आवमा पनि कम्पनीहरुले ४० अर्ब २१ करोड २१ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका थिए ।

गत वर्ष निर्र्जीवन बीमा कम्पनीहरुले कुल २८ लाख ४९ हजार ९३४ वटा बीमालेख बिक्री गरेका छन् । असार महिनामा मात्रै कम्पनीहरुले २ लाख ४१ हजार १४२ वटा बीमालेख बिक्री गरि ४ अर्ब ६४ करोड १३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

आर्थिक शिथिलताका बाजजुद पनि कम्पनीहरुको व्यवसायमा ग्रोथ देखिएको छ। कम्पनीहरुले आफ्नो व्यापार ४४ प्रतिशतसम्म बढाएका छन् ।

निर्जीवन बीमा व्यवसायमा सर्वाधिक व्यापार शिखर इन्स्योरेन्सको नै देखिएको छ । व्यापारमा शिखरले आफ्नो नम्वार वान्को ताज कायमै राखेको छ । गत वर्ष पनि कम्पनीले कुल ५ अर्ब ४७ करोड २ लाख ५० हजार रुपैयाँ बराबरको व्यापार गरेको छ। गत वर्ष कम्पनीले कुल ३ लाख १७ हजार १५७ वटा बीमालेख बिक्री गरेको हो । मर्ज भएका कम्पनीहरुले पनि शिखरलाई व्यवसायमा उछिन्न सकेका छैनन् । निर्जीवन बीमा व्यवसायमा शिखरको मात्रै १३.२८ प्रतिशत हिस्सा छ । अघिल्लो वर्ष पनि शिखरले कुल ५ अर्ब ३१ करोड ६१ लाख रुपैयाँ बराबरको व्यापार गर्न सफल भएको थियो ।

व्यापारकै आधारमा दोस्रो पोजिशनमा भने सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) देखिएको छ। कम्पनीले ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ बराबरको व्यापार एकै वर्ष गरेको हो । जुन अघिल्लो आवको तुलनामा ४.५ प्रतिशत बढी हो । गत वर्ष सलिकोले २ लाख ८६ हजार ३६७ वटा बीमालेख बिक्री गरेको हो । अघिल्लो वर्ष पनि कम्पनीले ४ र्अ ५८ करोड २० लाख रुपैयाँ बराबरको व्यावसाय गरेको थियो ।

व्यवसायको आधारमा तेस्रो स्थानमा भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्स छ । कम्पनीले पनि एकै वर्ष ४ अर्ब १७ करोड ७१ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ । तर, यो अघिल्लो आवको तुलनामा भने ५.६४ प्रतिशत कमी हो । अघिल्लो आवका ४ अर्ब ४२ करोड ६८ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । सिद्धार्थले एकै वर्ष २ लाख ९९ हजार ४७ वटा बीमालेख बिक्री गरेको छ।

गत वर्ष व्यापार बढाउने (वृद्धिदर) को पहिलो सूचीमा भने ओरियण्ट इन्स्योरेन्स छ । कम्पनीको व्यापार ४४.१४ प्रतिशत बढेर २ अर्ब १६ करोड १४ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो आवमा कम्पनीले १ अर्ब ४९ करोड ९४ लाख रुपैयाँ बीम शुल्क आर्जन गरेको छ ।

यस्तै, नेशन इन्स्योरेन्सले पनि आफ्नो व्यापार १७.६४ प्रतिशत बढाएको छ । अघिल्लो आवमा कम्पनीले १ अर्ब १ करोड ८९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । तर, गत वर्ष भने १ अर्ब १९ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

यस्तै, सानिमा जिआइसीको व्यापार १२.६४ प्रतिशत, हिमालयन एभरेष्टको १०.९९ प्रतिशत, आइजीआईको ७.७५ प्रतिशत, नेकोको ७.४८ प्रतिशत र प्रभुको पनि ७.१८ प्रतिशत बढेको छ ।

गत वर्ष राष्ट्रिय बीमा कम्पनीको व्यापार सर्वाधिक घटेको छ । कम्पनीको व्यापारमा ३१.०१ प्रतिशत गिरावट आएको हो । यस्तै, युनाइटेड अजोडको व्यापार पनि २०.२३ प्रतिशत घटेर २ अर्ब ७२ करोड ७२ लाख रुपैयाँ कायम भएको छ।

कसको व्यापार कस्तो ?

स्रोतः नेपाल बीमा प्राधिकरण


प्रतिक्रिया दिनुहोस्