निर्जीवन बीमा व्यापार: नम्बर वानको ताज सलिकोलाई, शिखर र हिमालयन एभरेष्टलाई सिद्धार्थले उछिन्यो
काठमाडौं । निर्जीवन बीमा व्यापारमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) नम्बर वान् बनेको छ । दुई महिनामै सलिकोले आफ्ना व्यापार १ अर्ब नघाएको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को साउन र भदौ महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।
चालु आवको दुई महिनामा सलिकोले १ अर्ब १ करोड २१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले ४४ हजार ८७६ वटा बीमालेख बिक्री गरि सो बराबरको बीमा शुल्क आर्जन गरेका हो । भदौमा मात्रै कम्पनीले २०हजार ८५३ वटा बीमालेख बिक्री गरि ३८ करोड ५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कुल निर्जीवन बीमा व्यापारमा सलिकोको योगदा १३.०६ प्रतिशत रहेको छ ।
गत साउनमा पनि कम्पनीले २४ हजार २३ वटा बीमालेख बिक्री गरि ६३ करोड १५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । चालु आवको दुई महिनामा हाल संचालनमा रहेका कुल निर्जीवन बीमा कम्पनीले भने ७ अर्ब ७४ करोड ६७ लाख ५० हजार रुपैयाँ बराबरको व्यापार गरेका छन् ।
सँधै पहिलो सूचीमा हुने शिखर इन्स्योरेन्स चालु आवको दुई महिनामा भने तेस्रो सूचीमा पुगेको छ । शिखरलाई सिद्धार्थ प्रिमियरले उछिनेर दोस्रो पोशिजनमा पुगेको छ ।
समिक्षा अवधिमा सिद्धार्थ प्रिमियरले ८१ करोड ३३ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । कम्पनीले ४८ हजार १०६ वटा बीमालेख बिक्री गरि सो बराबरको बीमा शुल्क आर्जन गरेको हो । भदौमा मात्रै कम्पनीले २३ हजार ९५ वटा बीमालेख बिक्री गरि ३६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
तेस्रो स्थानमा रहेको शिखरले भने ७२ करोड ३४ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । चालु आवको दुई महिनामा शिखरले ४९ हजार ५७३ वटा बीमालेख बिक्री गरि सो बराबरको बीमा शुल्क आर्जन गरेको हो । कम्पनीले भदौ महिनामा मात्रै २३ हजार ४६४ वटा बीमालेख बिक्री ३५ करोड ४६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
चौंथो स्थानमा रहेको हिमालयन एभरेष्टले पनि ६० करोड २३ लाख ९६ हजार, नेकोले ५८ करोड ८९ लाख ९० हजार, आइजीआई प्रुडेन्सियलले ५८ करोड १ लाख र राष्ट्रिय बीमा कम्पनीले ५४ करोड ५३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
यता, एनएलजी इन्स्योरेन्सले चालु आवको दुई महिनामा ४८ करोड १६ लाख, युनाईटेड अजोडले ४५ करोड ५१ लाख, ओरियण्टलले ४४ करोड ३१ लाख, नेपाल इन्स्योरेन्सले ४३ करोड ७१ लाख, सानिमा जिआइसीले ३९ करोड ७० लाख, नेशनलले ३७ करोड २६ लाख र प्रभु इन्स्योरेन्सले २९ करोड ४१ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् ।