सकियो एनएलजी इन्स्योरेन्सको विशेष साधारण सभा, ६२.५६% हकप्रद सेयर जारी गर्ने प्रस्ताव अनुमोदन « Arthapath.com
१० असार २०८२, मंगलबार

सकियो एनएलजी इन्स्योरेन्सको विशेष साधारण सभा, ६२.५६% हकप्रद सेयर जारी गर्ने प्रस्ताव अनुमोदन



काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित भएको छ ।

बुधवार सम्पन्न कम्पनीको विशेष साधारण सभाले साढे ६२ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव अनुमोदन गरेको हो ।

अब कम्पनीले चुक्ता पुँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार रुपैयाँ बराबरको ६२.५६ प्रतिशत हकप्रद निष्कासन गर्नेछ । यो चुक्ता पुँजी अघिल्लो आर्थिक वर्ष २०७९–८० को बोनस सेयर वितरण पश्चात कायम हो ।

विशेष सभाले १००ः६२.५६ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । हकप्रद जारी गरेपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५० करोड २५ लाख १५ हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा भने लक्ष्मी सनराइज क्यापिटल मार्केट रहेको छ ।


प्रतिक्रिया दिनुहोस्