वैदेशिक रोजगार बीमा मार्फत ७१ करोड ७८ लाख प्रिमियम कलेक्सन, २१ लाख ८६ हजार बीमालेख सक्रिय

काठमाडौं । वैदेशिक रोजगार बीमा मार्फत साढे ७१ करोड बढी बीमा शुल्क संकलन भएको छ ।
कम्पनीहरुले चालु आर्थिक वर्षको तीन महिनामा ७१ करोड ७८ लाख ७७ हजार रुपैयाँ बीमा शुल्क वैदेशिक रोजगार बीमा मार्फत संकलन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको असोज मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरु अनिवार्य रुपमा म्यादी बीमा गर्नुपर्दछ । पछिल्लो समय वैदेशिक रोजगार बीमालाई पुल मार्फत सञ्चालन गरिएको छ । हाल वैदेशिक रोजगार बीमाको २१ लाख ८६ हजार ५५७ वटा वटा बीमालेख सक्रिय देखिएको छ ।
हाल नेशनल लाइफ, नेपाल लाइफ, एशियन, आइएमई, सन नेपाल, रिलायवल नेपाल, सिटिजन, सूर्यज्योति, सानिमा रिलायन्स, प्रभु महालक्ष्मी, गार्डियन माइक्रो, लिवर्टी माइक्रो र क्रेष्ट माइक्रो लाइइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगार बीमा गर्दै आएका छन् ।
समिक्षा अवधिमा सन नेपाल लाइफ एक्लैले ४५.८५ प्रतिशत बीमा शुल्क संकलन गरेको छ । तीन महिनामा कम्पनीले वैदेशिक रोजगार बीमामार्फत ३२ करोड ९१ लाख ४१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो । हाल कम्पनीमा ७ लाख २९ हजार १७९ वटा बीमालेख सक्रिय छन् । असोजमा मात्रै कम्पनीले २३ हजार ५५९ वटा बीमालेख बिक्री गरि ९ करोड ८२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
यस्तै, एशियन लाइफले पनि वैदेशिक रोजगार बीमा मार्फत ११ करोड ९३ लाख २० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीमा हाल १ लाख ७ हजार २०५ वटा वैदेशिक रोजगार बीमालेख सक्रिय छन् ।
यस्तै, समिक्षा अवधिमा नेपाल लाइफले ६ करोड ८० लाख ९४ हजार, नेशनल लाइफले ५ करोड ६८ लाख, सानिमा रिलायन्सले ४ करोड ६ लाख, रिलायवल नेपालले ३ करोड २ लाख रुपैयाँ वैदेशिक रोजगार बीमा शुल्क संकलन गरेका छन् ।
