हकप्रद सेयरका लागि एनएलजी इन्स्योरेन्सले तोक्यो बुक क्लोज मिति, कहिलेसम्म बन्ने सेयरधनी ?
काठमाडौं । एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर भर्नका लागि कात्तिक १६ गतेसम्म सेयरधनी बन्नुपर्नेछ ।
कम्पनीले ६२.५६ प्रतिशत हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तय गरेको छ । हकप्रद सेयर बिक्री प्रयोजनका लागि कम्पनीले आउँदो कात्तिक २७ गते बुक क्लोज गर्ने भएको हो । त्यसका आधारमा कात्तिक २६ गते सोमबारसम्म कायम रहने सेयरधनीले मात्र हकप्रद सेयर भर्न पाउनेछन् ।
कम्पनीले १०ः६.२५६ अनुपातमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद जारी गर्न लागेको हो । हकप्रद सेयर निष्कासनका लागि यसले लक्ष्मी सनराईज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
हकप्रद सेयर जारी भएपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड २३ लाख रुपैयाँ पुग्नेछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ रहेको छ ।