नेपाल लाइफको नाफा ३० प्रतिशत बढ्यो, जीवन बीमा कोषको आकार २ खर्ब बढी « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

नेपाल लाइफको नाफा ३० प्रतिशत बढ्यो, जीवन बीमा कोषको आकार २ खर्ब बढी



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले तीन महिनामै साढे २० करोड नाफा कमाएको छ । कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीले २० करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ३०.०६ प्रतिशत बढी हो । गत आवको सो अवधिमा पनि कम्पनीले १६ करोड ७९ लाख ३० हजार रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन पनि ९.१४ प्रतिशत वृद्धि भई ११ अर्ब ८१ करोड १९ लाख ६९ हजार रुपैयाँ पुगेको छ । गत आवको सो अवधिमा पनि कम्पनीको यस्तो बीमा शुल्क १० अर्ब ८२ करोड २८ लाख रुपैयाँ रहेको थियो ।

यस्तै, कम्पनीको आम्दानी पनि १४.३० प्रतिशत बढेर १७ अर्ब ९७ करोड ७० लाख रुपैयाँ पुगेको छ । यता, खर्च भने १२.७५ प्रतिशत वृद्धि भई १६ अर्ब ५७ करोड ४ लाख रुपैयाँ पुगेको छ।

सो अवधिमा कम्पनीले खुद १५ अर्ब २५ करोड ११ लाख रुपैयाँ दावी भुक्तानी दिएको छ । यो पनि १३.१० प्रतिशत धेरै हो ।
कम्पनीको प्रतिसेयर आम्दानीमा पनि सुधार देखिएको छ । सो अवधिमा कम्पनीको यस्तो आम्दानी २.३१ रुपैयाँ बढेर १०.०१ रुपैयाँ कायम भएको छ । प्रतिसेयर नेटवर्थ भने १३१.९९ रुपैयाँ कायम भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ छ । महाविपत्ति कोषमा भने १ अर्ब ११ करोड ८८ लाख रुपैयाँ राखेको छ । जीनव बीमा कोषको आकार १९.५४ प्रतिशत बढेर २ खर्ब ८ अर्ब ४४ करोड १६ लाख रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्