१६ करोड ७९ लाखमा नेपाल लाइफले किन्यो ९१.५० धुर भवनसहितको जग्गा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साढे १६ करोडमा भवनसहितको जग्गा खरिद गरेको छ ।
कम्पनीले सुनसरीको इटहरी उपमहानगरपालिका–६ मा १६ करोड ७९ लाख ५६ हजार रुपैयाँ बराबरको जग्गा खरिद गरेको हो । कम्पनीले भवनसहित ९१.५० धुर क्षेत्रफलमा सो बराबरको जग्गा किनेको छ । कम्पनीका अनुसार व्यवसायिक एंव कार्यालय प्रयोजनका लागि खरिद गरिएको हो ।