आइएमई लाइफले कमायो साढे १४ करोड नाफा, व्यापार पनि दोहोरो अंकले बढ्यो

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स साढे १४ करोड नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले नाफा दोहोरो अंकले बढाएको छ ।
चालु आवको तीन महिनामा १४ करोड ५० लाख १३ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ११.२२ प्रतिशत बढी हो । गत आवको सो अवधिमा कम्पनीले १३ करोड ३ लाख ८७ हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको खुद बीमा शुल्क आर्जन पनि ११.९६ प्रतिशत बढेर १ अर्ब १६ करोड ४२ लाख ४० हजार रुपैयाँ कायम भएको छ ।
समिक्षा अवधिमा कम्पनीको कुल आम्दानी १६.०६ प्रतिशत बढेर १ अर्ब ५८ करोड १ लाख रुपैयाँ पुगेको छ । यता, कुल खर्च पनि १६.५७ प्रतिशत बढेर १ अर्ब ४३ करोड ५१ लाख रुपैयाँ कायम छ ।
कम्पनीले समिक्षा अवधिमा कम्पनीले १ अर्ब १३ करोड ६ लाख ३० हजार रुपैयाँ खुद दावी भुक्तानी दिएको छ ।
हाल कम्पनीको प्रतिसेयर आम्दानी ११.६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५०.६६ रुपैयाँ छ । हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब छ । कम्पनीको जीवन बीमा कोषको आकार ८.३५ प्रतिशत बढेर १० अर्ब ८६ करोड ७८ लाख रुपैयाँ कायम भएको छ।