अभिकर्ता प्रोत्साहनमा नेशनल लाइफको निरन्तरता, कोशीका सिईओ क्लब सदस्यलाई भव्य सम्मान « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

अभिकर्ता प्रोत्साहनमा नेशनल लाइफको निरन्तरता, कोशीका सिईओ क्लब सदस्यलाई भव्य सम्मान



काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले सिइओ क्लब सदस्य सम्मान गरेको छ । बिराटनगरको होटल ईष्टर्न स्टारमा आयोजित एक कार्यक्रमका बीच सम्मान गरेको हो ।

गत आर्थिक वर्ष २०८०-८१ मा तोकिएको बीमाशुल्क संकलन गरी कोशी प्रदेशबााट योग्य ४२५ जना भन्दा बढी अभिकर्ताहरु, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको हो ।

कार्यक्रममा कोशी प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सिइओ क्लब सदस्यता वितरण गरिएको थियो भने सो प्रदेश बाट आफ्नो कोडमा र संजलमा प्रथम द्धित्तिय र तृत्तिय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गरेक हुन् ।

सिईओ क्लब र नेशनल रत्न अन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने सिइओ खत्रीले बताए ।

कम्पनीको योजना अनुरुप मधेश प्रदेश र गण्डकी प्रदेशका अभिकर्ताहरु बिच सम्मान कार्यक्रम सम्पन्न भईसकेको र सोही क्रममा कोशी प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिएको बताए ।

अन्य प्रदेशहरुमा पनि निरन्तर कार्यक्रम गर्दै जाने जानकारी गराए । उनले कम्पनीले अभिकर्ता मैत्री स्किमहरु ल्याउने क्रममा सिईओ क्लब सदस्यता योजना ल्याइएको र यसमा नेपालभर २ हजार जना भन्दा बढि अभिकर्ताहरु छनौट हुन सफल भएकोमा यो योजना अत्यन्तै सफल भएको बताए ।


प्रतिक्रिया दिनुहोस्