राष्ट्रिय जीवन बीमा कम्पनीलाई सीइओ पाउनै सकस, दोस्रो पटक खुलायो दरखास्त « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

राष्ट्रिय जीवन बीमा कम्पनीलाई सीइओ पाउनै सकस, दोस्रो पटक खुलायो दरखास्त



काठमाडौं । राष्ट्रिय जीवन बिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदका लागि फेरि आवेदन खुलाएको छ ।

सीइओ छनोट तथा सिफारिस समितिले यसअघि पनि कम्पनीले सीइओका लागि आवेदन खुलाएको थियो । तर, आवेदन दिएकामध्ये कुनै पनि उम्मेदवार छनोटमा पर्न सकेनन् । उनीहरुले न्युनतम अंक पनि प्राप्त गर्न सकेनन् । यसअघि प्राप्त आवेदनमा शैक्षिक योग्यता, अनुभव र व्यवसायिक कार्ययोजनाको मूल्याङ्कनमा कुनै पनि उम्मेदवारले न्युनतम अंक पनि प्राप्त गर्न नसकेको समितिले जनाएको छ ।

त्यसपछि पुनः (मंसिर ६ गते) कम्पनीले दरखास्त खुलाएको हो । अब रिक्त रहेको सीइओ पदका लागि योग्य उम्मेदवारहरुले आजैका मिति (मंसिर ६ गते) ले २१ दिनभित्र कम्पनीको आवेदन दिन सक्नेछन् ।

कम्पनीका अनुसार आवेदन शुल्क ५ हजार रुपैयाँ तोकिएको छ । आवेदनसँगै व्यवसायिक कार्ययोजना तयार गरि बुझाउनुपर्नेछ ।

यसअघि गत असोज १६ गते एक सूचना जारी गर्दै सीइओ पदमा दरखास्त आह्वान गरेको थियो । तर, सो पदका लागि आवेदन गरेका कुनै पनि उम्मेदवार सर्टलिस्टमा पर्न असफल भएपछि फेरि आवेदन माग गरेको हो ।


प्रतिक्रिया दिनुहोस्