सानिमा रिलायन्सको पुनर्जागरण अभियान, नवीकरण नभएका बीमालेखमा शतप्रतिशत विलम्ब शुल्क छुट « Arthapath.com
१६ मंसिर २०८१, आईतवार

सानिमा रिलायन्सको पुनर्जागरण अभियान, नवीकरण नभएका बीमालेखमा शतप्रतिशत विलम्ब शुल्क छुट



काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान शुरु गरेको छ ।

उक्त पुनर्जागरण अभियान यही मंसिर १६ गते देखी २८ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान हुनेछ ।

कुनैपनि बीमालेख ब्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि ब्यहोर्न पर्ने हुनाले यो सुनौलो मौकाको फाईदा लिई बिमालेख नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ ।

हरेक नेपालीलाई बिमाको दायरा भित्र ल्याई बिमित र बिमितसँग आश्रित परिवारको आर्थिक सुरक्षाको लागि जीवन बिमा अनिवार्य रहेको छ ।


प्रतिक्रिया दिनुहोस्