वैदेशिक रोजगार बीमा : नेपाली कामदारहरुको २३ लाख ११ हजार बीमालेख सक्रिय, कुन कम्पनीमा कति ? « Arthapath.com
२२ पुष २०८१, सोमबार

वैदेशिक रोजगार बीमा : नेपाली कामदारहरुको २३ लाख ११ हजार बीमालेख सक्रिय, कुन कम्पनीमा कति ?



काठमाडौं । वैदेशिक रोजगार बीमा मार्फत जीवन बीमा कम्पनीहरुले पाँच महिनामा झन्डै डेढ अर्बको व्यापार गरेका छन् ।

नेपाल बीमा प्राधिरकणले प्रकाशन गरेको चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

सो अवधिमा कम्पनीहरुले १ अर्ब ३८ करोड १ लाख रुपैयाँ बीमा शुल्क वैदेशिक रोजगार बीमा मार्फत संकलन गरेका छन् ।
हाल वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरुको २३ लाख ११ हजार ३९० वटा बीमालेख सक्रिय देखिएको छ ।

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरु अनिवार्य रुपमा म्यादी बीमा गर्नुपर्दछ, सोही अनुसार नै गरिएको बीमामा सो संख्यामा पोलेसी सक्रिय देखिएको हो ।

हाल नेशनल, नेपाल, एशियन, आइएमई, सन नेपाल, रिलायवल, सिटिजन, सूर्यज्योति, सानिमा रिलायन्स, हिमालयन, प्रभू महालक्ष्मी लाइफले वैदेशिक रोजगार बीमा गर्दै आएका छन्। यता, लघुबीमा तर्फ गार्डियन माइक्रो, क्रेष्ट र लिवर्टी माइक्रो लाइफले पनि वैदेशिक रोजगार बीमा गर्दै आएका छन् ।

वैदेशिकर रोजगार बीमा मार्फत सबैभन्दा धेरै व्यवसाय सन नेपाल लाइफले गर्दै आएको छ । कम्पनीले यस्तो बीमा मार्फत पाँच महिनामै ५८ करोड ७१ लाख रुपैयाँ बीमा शुल्क उठाएको छ । हाल कम्पनीमा ७ लाख ९७ हजार ८१७ वटा वैदेशिक बीमालेख सक्रिय छन् ।

यस्तै, एशियन लाइफ इन्स्योरेन्सले पनि पाँच महिनामा २८ करोड २७ लाख रुपैयाँ बराबरको वैदेशिक बीमा शुल्क आर्जन गरेको छ । हाल कम्पनीमा १ लख ४४ हजार ५२३ वटा बीमालेख सक्रिय छन् ।

यता, नेपाल लाइफले १२ करोड ६ लाख, नेशनल लाइफले १० करोड १६ लाख रुपैयाँ बीमा शुल्क वैदेशिक रोजगार बीमा मार्फत संकलन गरेका छन् । हाल यी दुई कम्पनीमा क्रमशः ५ लाख ४५ हजार ८९३ वटा र१ लाख २० हजार ६६३ वटा वैदेशिक रोजगार बीमालेख सक्रिय छन् ।

समिक्षा अवधिमा आइएमई लाइफले वैदेशिक रोजगार बीमा मार्फत ६ करोड ७० लाख, सानिमा रिलायन्सले ६ करोड ५६ लाख, सूर्यज्योतिले ५ लाख ९९ लाख र रिलायवल नेपालले ५ करोड ३१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । हाल यी कम्पनीहरुमा क्रमशः २ लाख १३ हजार २३, १ लाख ३० हजार २७५, १ लाख ८७ हजार ८७९ र ८४ हजार १८२ वटा बीमालेख सक्रिय छन् ।

त्यसैगरि समिक्षा अवधिमा सिटिजन लाइफले पनि वैदेशिक रोजगार बीमा मार्फत ३ करोड ८५ लाख, प्रभू महालक्ष्मीले हिमालयनले १२ लाख, लिवर्टी माइक्रोले ५ लाख ५५ हजार, गार्डियन माइक्रो लाइफले २ लख ३८ हजार र क्रेष्ट माइक्रोले २ लाख १८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्