एकैपटक तीन वटा खेतीको बीमालेख संशोधन, कुन बीमालेखमा के-के भयो हेरफेर ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले एकै पटक तीन वटा बीमालेख संशोधन गरेको छ । प्राधिकरणले अदुवा खेती, बेसार खेती र अलैंची खेती बीमालेख संशोधन तथा परिमार्जन गरेको हो ।
यी तीनै वटा संशोधित बीमालेख गत पुस ४ गते स्वीकृत गरेको छ । प्राधिकरणका अनुसार अदुवा, बेसार र अलैंची खेती बीमालेखले विशेषगरि चार वटा जोखिमको रक्षावरण हुनेछ ।
आगलागी वा अग्निको कारण भएको क्षतिको रक्षावरण हुनेछ । यस्तै, हावाजन्य क्षति, जल उत्पन्न तथा मौसमजन्य क्षति, भूमिजन्य क्षतिको रक्षावरण हुनेछ ।
प्राधिकरणका अनुसार बीमितले न्युनतम दुई लाख रुपैयाँ बराबरको दुर्घटना बीम गर्नुपर्नेछ । बीमा गर्दा दुई सय रुपैयाँको बीमा शुल्क लाग्नेछ । त्यस्तो बीमा शुल्कमा अनुदान भने उपलब्ध नहुने प्राधिकरणले जनाएको छ ।
यस्तै, एक वर्षभन्दा कम अवधिको लागि जारी हुने बीमालेखमा बीमा शुल्क लाग्ने छ । यसको अवधिमा पनि एक वर्षको हुनेछ । यता, एक भन्दा बढी कृषि, पशुपन्छी तथा जडिबुटी बीमालेख लिने बीमितको दुर्घटनाको अवधिमा बाँकी रहेको अवस्थामा पुनः अर्को दुघर्टना बीमालेख लिन भने अनिवार्य हुने छैन् । तर, बीमाको अवधिमा समाप्त हुनु अगावै कृषकलाई जानकारी गराउने जिम्मेवारी बीमा कम्पनीको हुनेछ ।
यी तीनै वटा खेतीको सामूहिक रुपमा गरिएको बीमाको हकमा बीमालेखमा आवद्ध प्रत्येक व्यक्तिको छुट्टाछुट्टै दुर्घटनाबीमा गर्नुपर्नेछ । तीनै वटा बीमामा आत्महत्या बाहेका अन्य कुनै पनि दुर्घटनाको कारण मृत्यु भएमा बीमा कम्पनीले बीमाङ्क रकम भुक्तानी गर्नेछन् ।
स्पाइनल इन्जुरीका कारण पुनः ठीक नहुने गरि रिढको हड्डी काम नलाग्ने भएमा कम्पनीले बीमाङ्क रकम भुक्तानी गर्नुपर्ने छ । यस्तै, एक वा दुवै हातको नाडीदेखि माथि पुरै हात काम नलाग्ने भएमा, एक वा दुवै खुट्टाको गोली गाँठोदेखि माथि पुरै खुट्टा काम नलाग्ने भए र दुवै आँखााको दृष्टि गुमेमा पनि बीमाङ्क रकम भुक्तानी गर्नुपर्नेछ ।
यी तीनै वटा खेतीबाट भएको क्षतिको कारणबाट हुने अन्य अप्रत्यक्ष क्षति भएमा बीमालेखमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि बीमा कम्पनीले क्षतिपूर्ति दिने छैन । यस्तै, अधिकार प्राप्त निकायको आदेशमा खेती नष्ट गरेमा, विकीरणयुक्त पदार्थ वा विकिरणयुक्त फोहोरको संसर्ग (कन्टामिसन) बाट क्षति भएमा, आणविक, रासायनिक तथा जैविक आम विनाशकारी हतियारको प्रयोगबाट क्षति भए पनि क्षतिपूर्ति प्रदान नहुने प्राधिरकणले जनाएको छ ।
यस्तै, सैनिक विद्रोह, शक्ति अपहरण, घेरावन्दी वा युद्ध, आक्रमण, विदेशी सैन्य कारबाही वा कुनै युद्ध सरहको कारवाही वा गृहयुद्ध, राजद्रोह वा सो सरहका अवस्थााका क्षति भएमा पनि क्षतिपूर्ति पाइने छैन् ।
अदुवा खेती बीमालेख हेर्न यहाँ क्लिक गर्नुहोस्
अलैंची खेती बीमालेख हेर्न यहाँ क्लिक गर्नुहोस्
बेसार खेतीको बीमालेख हेर्न यहाँ क्लिक गर्नुहोस्