अघि बढ्यो बीमा प्राधिकरण अध्यक्ष नियुक्ति प्रक्रिया, १५ दिने म्याद राखेर आवेदन खुल्यो « Arthapath.com
१ श्रावण २०८२, बिहीबार

अघि बढ्यो बीमा प्राधिकरण अध्यक्ष नियुक्ति प्रक्रिया, १५ दिने म्याद राखेर आवेदन खुल्यो



काठमाडौं । नेपाल सरकारको अर्थ मन्त्रालयले नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदका लागि आवेदन खुला गरेको छ । मन्त्रालयले खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी आवेदन खुलाएको हो।

योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजात सहित अर्थ मन्त्रालयको वेवसाइट मार्फत १५ दिनभित्र दरखास्त आवेदन दिन सक्नेछन्।

अध्यक्ष पदका लागि आवेदन दिन चाहने उम्मेदवारले बीमा, मौद्रिक, बै‌ङ्किङ्ग, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्ङ्कशास्त्र, गणित अर्थशास्त्र वा कानून विषयमा कम्तिमा स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। त्यसगरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्यानुभव भएको, फौजदारी कसुरमा सजाय नपाएको र उच्च नैतिक चरित्र भएको लगायतका योग्यता भएको हुनुपर्नेछ।


प्रतिक्रिया दिनुहोस्