आउँदो माघ ८ गतेदेखि आइपीओ निष्कासन गर्दै नेपाल माइक्रो « Arthapath.com
२८ पुष २०८१, आईतवार

आउँदो माघ ८ गतेदेखि आइपीओ निष्कासन गर्दै नेपाल माइक्रो



काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ ।

कमपनीले आउँदो माघ ८ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत आइपीओ निष्कासन गर्न अनुमति पाएको थियो ।

कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । तर, त्यसमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख बराबरको २ लाख २५ हजार कित्ता भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गर्न लागेको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । आवेदन माघ २२ गतेसम्म दिन सकिने कम्पनीले जनाएको छ ।

कुल निष्कासनमध्ये १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्नेछ ।

कम्पनीको तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्