बढ्यो आईएमई लाईफ इन्स्योरेन्सको नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्सको खुद नाफा बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म इन्स्योरेन्सले २६ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.१२ प्रतिशतले बढेको हो । गतवर्षको यसै अवधिमा २३ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क १७.२२ प्रतिशत र कुल आम्दानी १८.५४ प्रतिशत बढेको छ । सो अवधिमा इन्स्योरेन्सको खुद दाबी भुक्तानी २०.३३ प्रतिशतले बढेर दुई अर्ब २५ करोड रुपैयाँ पुगेको छ । इन्स्योरेन्सको कुल खर्च १८.९७ प्रतिशतले बढेर दुई अर्ब ८७ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।
लगानी तथा कर्जाबाट हुने आम्दानी ६३ करोड ९२ लाखबाट बढेर ६६ करोड ८८ लाख पुगेको छ । यता, कमिसन आम्दानी ३ करोड ७ लाख कायम भएको छ ।
इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १० रुपैयाँ ७१ पैसा कायम छ । सो अवधिसम्ममा इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ २३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४३.५५ गुणा छ ।
५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विपत्ती कोषमा २१ करोड ७५ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा एक अर्ब ३८ करोड रुपैयाँ र अन्य इक्विटीमा ४८ करोड ७७ लाख रुपैयाँ रहेको छ ।