नेको इन्स्योरेन्सको २५ प्रतिशत हकप्रद सेयर फागुन ८ गतेदेखि निष्कासन हुने « Arthapath.com
२० माघ २०८१, आईतवार

नेको इन्स्योरेन्सको २५ प्रतिशत हकप्रद सेयर फागुन ८ गतेदेखि निष्कासन हुने



काठमाडौं । नको इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले आउँदो फागुन ८ गतेदेखि हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्नेछ ।

उक्त हकप्रद सेयर निष्काशनका लागि कम्पनील्े माघ १८ गते बुक क्लोज गरेको थियो । त्यसकै आधारमा माघ १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । आवेदन फागुन २८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

हाल नेकोको चुक्ता पूँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ रहेको छ । हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात भने २ अर्ब ५१ करोड ५४ लाख ५० हजार रुपैयाँ पुग्नेछ।


प्रतिक्रिया दिनुहोस्