लाभांश पारित गर्न शिखर इन्स्योरेन्सले डाक्यो साधारण सभा, कहिले गर्दैछ बुक क्लोज ?

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभाका लागि मिति तय गरेको छ ।
कम्पनीले आउँदो फागुन १३ गते मंगलबार २०औं वार्षिक साधारण सभा बोलाएको हो । सभा केन्द्रिय कार्यालय, शिखर विज सेन्टर, थापाथली बिहान ११ बजे सुरु हुनेछ ।
सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा छ । यो वर्ष कम्पनीले आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतका दरले नगद लाभांश दिने प्रस्ताव गरेको छ । सभाले सोही प्रस्तावलाई पारित गर्नेछ ।
सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालन समितिलाई अख्तियारी दिनेछ । यसका साथै रजिष्टर्ड कार्यालय रहेको ठेगाना परिवर्तन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित हनेछन् ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लािग कम्पनीले माघ ३० गतेदेखि फागुन १३ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।