शिखर इन्स्योरेन्सले कमायो २५ करोड ७३ लाख नाफा « Arthapath.com
३० माघ २०८१, बुधबार

शिखर इन्स्योरेन्सले कमायो २५ करोड ७३ लाख नाफा



काठमाडौं । शिखर इन्स्योरेन्सले २५ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.४८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद बिमा शुल्क आर्जन भने १५.६३ प्रतिशतले बढेर ६३ करोड ७६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा शिखरले ५५ करोड १४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कुल आम्दानी ६.०२ प्रतिशत बढेर एक अर्ब १६ करोड ३३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी ३८ करोड ३६ लाख रुपैयाँ छ भने कुल खर्च ७९ करोड ७८ लाख रुपैयाँ छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३९ पैसा छ । पुस मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४०.९० गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१२ रुपैयाँ ११ पैसा रहेको छ।

२ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा एक अर्ब ८१ करोड ६१ लाख रुपैयाँ, महाविपत्ती कोषमा १५ करोड १० लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ४० करोड ७ लाख रुपैयाँ र अन्य इक्विटीमा ६० करोड ८५ लाख रुपैयाँ सञ्चित छ ।


प्रतिक्रिया दिनुहोस्