आइएमई लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा, के-के छन् एजेन्डा ? « Arthapath.com
४ फाल्गुन २०८१, आईतवार

आइएमई लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा, के-के छन् एजेन्डा ?



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले ८ औँ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले लाभांश पारित गर्ने प्रस्तावसहित साधारणसभा बोलाएको हो ।

कम्पनीको साधारणसभा आभामी फागुन २५ गते, आइतबार, दियो महल, धुम्बाराही, काठमाडौँ बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको २१.०५२६४ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले लेखापरीक्षक नियुक्त गर्ने प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरु अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले फागुन १५ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्