सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ? « Arthapath.com
९ फाल्गुन २०८१, शुक्रबार

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई साढे २८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २६.९८४१ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ १.४२०२२ प्रतिशतका दरले नगद लाभांश दिने निर्णय गरेको छ ।

अब उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ।


प्रतिक्रिया दिनुहोस्