लाभांश पारित गर्न नेपाल इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? « Arthapath.com
२७ फाल्गुन २०८१, मंगलवार

लाभांश पारित गर्न नेपाल इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?



काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले ७६ औँ वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको साधारणसभा आगामी चैत १९ गते, मंगलबार, नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्नेछ।कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट भएका खर्च अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले चैत ७ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्