हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश आज पारित हुँदै « Arthapath.com
२७ फाल्गुन २०८१, मंगलवार

हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश आज पारित हुँदै



काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारणसभा आज (मंगलबार) हुँदैछ । कम्पनीको सभा बानेश्वर अनमोल ब्यांकेट शंखमुल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभाले गत वर्षको लागि प्रस्तावित ८.७५ प्रतिशत नगद लाभांश (करसहित) पारित गर्नेछ ।

त्यसैगरी सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल गरी पारित गर्नेछ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेको छ । फागुन १४ गतेसम्म सेयर किनेका लगानीकर्ताले कम्पनीले प्रस्ताव गरेको लाभांश र साधारणसभामा भाग लिन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्