शिखर इन्स्योरेन्सको भावनात्मक डिजिटल फिल्म ‘खुसीको इन्स्योरेन्स’ सार्वजनिक

काठमाडौं । नेपाली निर्जीवन बीमा क्षेत्रमा अब्बल कललिँदै आएको शिखर इन्स्योरेन्सले ‘खुसीको इन्स्योरेन्स’ नामक आफ्नो नयाँ ब्रान्ड फिल्म सर्वाजनिक गरेको छ ।
उत्कृष्ट, शीघ्र प्रभावकारी र व्यावसायिक बीमा सेवाका लागि परिचित शिखर इन्स्योरेन्सले नयाँ भावनात्मक डिजिटल फिल्म मार्फत आफ्नो ग्राहकहरूको जीवनका आरोह–अवरोहमा आफ्नो एक अदृश्य तर सदैव साथ दिने सहयात्रीको भूमिका उजागर गरेको छ । जब जीवनले लडाउँछ, तब मिलेर उठ्नुपर्छ र उठ्नका लागि साथ दिनेहरूको महत्व यस कथाले देखाएको छ ।
फिल्म एक परिवारको कथा हो, जुन कान्छो छोराको दृष्टिकोणबाट प्रस्तुत गरिएको छ । उसले आफ्नो बाल्यकालका मीठा सम्झनाहरूलाई स्मरण गर्दै परिवारभित्रको प्रेम, एकता, सङ्घर्ष र पुनर्निर्माणको कथा सुनाउँछन् ।
कथा एक समृद्ध र प्रेमले भरिएको परिवारसँग सुरु हुन्छ, जसले जीवनका विभिन्न मोडहरू पार गर्दै सुखद क्षणहरू मनाउँछ, तर कहिलेकाहीँ अनपेक्षित कठिनाइहरू पनि भोग्छ । जब विपत्तिले सबै थोक परिवर्तन गरिदिन्छ तब उनीहरू फेरि उठ्न संघर्ष गर्छन्। यस यात्रामा शिखर इन्स्योरेन्सले नदेखिने तर महत्वपूर्ण सहयोग पुयाउने भूमिका निर्वाह गरिरहेको देखाइएको छ ।
उक्त फिल्मको कथा सन्तानका लागि आफ्नो खुसी त्याग्ने आमाहरू जीवनका हरेक चुनौतीसँग सँगे भने दाजुभाइ तथा दिदीबहिनीहरूमा समर्पित रहेको कम्पनीले जनाएको छ ।
यसका साथै दुई दशकदेखि शिखर इन्स्योरेन्स माथि विश्वास राख्ने ग्राहकहरू र आवश्यक पर्दा आपत विपतमा सहयोगी हात बन्ने हरेक शिखर इन्स्योरेन्सका कर्मचारीहरूलाई समर्पित गरिएको बताइएको छ । आफ्नो खुसीलाई संग सुरक्षित गरी शिखर इन्स्योरेन्स सधैं तपाईंको साथमा छ भन्ने सन्देशको साथ फिल्म अन्त्य हुन्छ ।
भिडियोका लागिः