सानिमा जिआईसीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई चुक्ता पूँजीको ७.५ प्रतिशतका दरले बोनस सेयर कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश दिने भएको छ ।
उक्त लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात चैत ८ गते बिहीबार बुकक्लोज गर्दैछ । सोही कारण आजसम्म कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन् ।
कम्पनीको सभामा आगामी चैत २१ गते, बिहीबार, अमृतभोग, कालिकास्थान, काठमाडौँमा गर्ने भएको छ।
सभामा छैठौँ वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत हकप्रद शेयर संशोधन गरी १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
सोही सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।