आईएमई लाइफ इन्स्योरेन्सले आएसओ ९००१:२०१५ मान्यता प्राप्त

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी अब अन्तर्राष्ट्रियस्तरमा मान्यताप्राप्त आईएसओ ९००१ः२०१५ बाट प्रमाणित भएको कम्पनी बनेको छ । अन्तर्राष्ट्रिय मानकीकरण संगठन (आईएसओ) द्वारा प्रदान गरिने उक्त प्रमाणपत्रले कम्पनीमा गुणस्तर व्यवस्थापन प्रणाली (क्यूएमएस)का लागि आवश्यक अवधारणाहरूको अवलम्बन भएको सुनिश्चित गर्दछ ।
उक्त मान्यता प्राप्त गर्ने सिमित बीमा कम्पनीहरु मध्ये एक भएकोले कम्पनीप्रति ग्राहकको विश्वसनियता बढ्नुका साथै कर्मचारीहरु र अभिकर्ताहरुमा निरन्तर गुणस्तरीय सेवा प्रदान गर्ने उर्जा थपेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले नेपालको जीवन बीमा क्षेत्रमा पृथक पहिचान कायम गर्न नेतृत्व विकास, ग्राहक सेवा र सम्बन्ध व्यवस्थापन लगायतका क्षेत्रहरुमा रणनैतिक विकास र डिजिटाइजेसन एवम् अटोमेसनको माध्यमबाट प्रकृयागत सुधार गरी दिगो विकासमा आईएमई लाइफ लागिरहेको बताए ।