फेरियो बीमा प्राधिकरणमा निर्देशकहरुको जिम्मेवारी, कसलाई कुन महाशाखा ? « Arthapath.com
१४ चैत्र २०८१, बिहीबार

फेरियो बीमा प्राधिकरणमा निर्देशकहरुको जिम्मेवारी, कसलाई कुन महाशाखा ?



काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त निर्देशकहरुको पदस्थपनासहित जिम्मेवारी हेरफेर भएको छ ।

आजै अर्थात् चैत १४ गतेदेखि नै लागू हुनेगरि ६ जनाको जिम्मेवारी हेरफेर भएको हो । प्राधिकरणका अनुसार कानुन महाशाखाको जिम्मेवारी निर्देशक कमलप्रसाद रेग्मीलाई दिइएको छ । यता, अनुसन्धान महाशाखाको भने निर्देशक पुजन ढुंगेललाई दिइएको छ ।

यस्तै, नियमन महाशाखामा शाम्बराज लामिछान, सुपरीवेक्षण महाशाखामा ध्रुव तिमिल्सिना, बीमालेख महाशाखामा निर्मल अधिकारी र व्यवस्थापन महाशाखामा भने कुन्दन सापकोटले जिम्मेवारी प्राप्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्