एनएलजी इन्स्योरेन्सका सञ्चालक खत्रीको राजीनामा  « Arthapath.com
२० चैत्र २०८१, बुधबार

एनएलजी इन्स्योरेन्सका सञ्चालक खत्रीको राजीनामा 



काठमाडौं । एनएलजी इन्स्योरेन्सका सञ्चालक समिति सदस्य सुरेश खत्रीले राजीनामा दिएका छन् । 

खत्रीले चैत्र १७ गते दिएको राजीनामा सञ्चालक समितिले स्वीकृत गरेको हो । 

खत्री हाल नेशनल लाइफ इन्स्योरेन्सको सिइओ रहेका छन् । लामो समयदेखि एनएलजीमा सञ्चालक रहेका खत्री नागरिक लगानी कोषमा पनि सञ्चालक रहेका छन् । 

नेशनल लाइफको एनएलजीमा मुख्य लगानी रहेको छ ।  नेशनल लाइफले खत्रीको ठाउँमा छिट्टै अर्को सञ्चालक पठाउने कम्पनीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्