जीवन बीमा बजार : बीमितहरुको आकर्षण कस्ता-कस्ता बीमालेखमा बढी देखिन्छ ? « Arthapath.com
२७ चैत्र २०८१, बुधबार

जीवन बीमा बजार : बीमितहरुको आकर्षण कस्ता-कस्ता बीमालेखमा बढी देखिन्छ ?



काठमाडौं । जीवन बीमा कम्पनीहरुले आठ महिनामा डेढ करोड बीमालेख बिक्री गरेका छन् । योसँगै व्यवसायको आकार १ खर्ब नाघेको छ ।

नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीहरुले १ करोड ४२ लाख ३८ हजार ६४८ वटा जीवन बीमालेख बिक्री गरेका छन । सो बराबरकोको बीमालेख बिक्रीबाट कम्पनीहरुले १ खर्ब ९ अर्ब ४३ करोड ५९ लाख बीमाशुल्क आर्जन गरेका छन् ।

कुल व्यवसायमा सावधिक जीवन बीमाको सर्वाधिक हिस्सा छ । उक्त बीमायोजना मार्फत कम्पनीहरुले ४० अर्ब ३२ करोड ५५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो कुल व्यवसायको ३६.८५ प्रतिशत हुन आउँछ । आठ महिनामा कम्पनीहरुले यस बीमा योजना अन्तर्गत २० लाख ६४ हजार ८८६ वटा बीमालेख बिक्री गरेका छन् ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजनाको योगदान २१.६५ प्रतिशत छ । समिक्षा अवधिमा कम्पनीहरुले ४ लाख ४४ हजार ६६६ वटा अग्रिम भुक्तानी बीमालेख बिक्री गरि २३ अर्ब ६९ करोड ३८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

यता, बालबच्चा सम्वन्धि सावधिक बीमा मार्फत १७ अर्ब १७ करोड ५८ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । कम्पनीहरुले १० लाख २० हजार १२९ वटा बालबच्चा सम्वन्धि बीमालेख बिक्री गरेका हुन् । कुल व्यवसायमा भने यस बीमालेखको योगदान १५.७ प्रतिशत छ ।

कुल व्यवसायमा रुपान्तरित सावधिक बीमा योजनाको योगदान १२.७५ प्रतिशत छ । यस्तो बीमा मार्फत कम्पनीहरुले ५ लाख ३६ हजार २५८ वटा बीमालेख बिक्री गरि १३ अर्ब ९५ करोड ३६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

प्राधिकरणका अनुसार कुल व्यापारमा एकल बीमाको ३.८८ प्रतिशत, वैदेशिक रोजगर बीमाको २.०८ प्रतिशत, अन्य जीवन बीमाको १.९५ प्रतिशत, लघु बीमाको १.६३ प्रतिशत र म्यादी जीवन बीमाको ०.८७ प्रतिशत योगदान रहेको छ ।


प्रतिक्रिया दिनुहोस्