लाभांश प्रस्ताव पारित गर्न नेको इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौं । नेको इन्स्योरेन्सले वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीले लाभांश लाभांश प्रस्ताव पारित गर्ने एजेन्डासहित २९ औँ वार्षिक साधारण सभा बोलाएको हो। उक्त सभा
आगामी जेठ ९ गते, शुक्रबार, लिसारा रिसेप्सन, नक्साल, काठमाडौँमा बिहान ११ बजेबाट शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बैशाख ३० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जस अनुसार बैशाख २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।