प्रभु महालक्ष्मी लाइफको लाभांश घोषणा, बोनस कति ?

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षका लागि सेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ । कम्पनीले उक्त आर्थिक वर्षका लागि कुल ८.४२१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
जसमा ८ प्रतिशत बोनश र कर प्रयोजनको लागि ०.४२१ प्रतिशत नगद लाभांश रहेको छ ।
कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।