बीमा सेवालाई सर्वसुलभ र भरपर्दो बनाईने, बीमा सूचना केन्द्र कार्यान्वयनमा ल्याउने « Arthapath.com
१९ बैशाख २०८२, शुक्रबार

बीमा सेवालाई सर्वसुलभ र भरपर्दो बनाईने, बीमा सूचना केन्द्र कार्यान्वयनमा ल्याउने



काठमाडौं । सरकारले भौतिक सम्पत्ति बीमा प्रवद्र्धन गर्ने भएको छ ।

शुक्रबार आगामी आर्थिक बर्ष २०८२-८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडलले यस्तो जानकारी गराएका हुन् ।

उनले बीमा सेवा सर्वसुलभ र भरपर्दो बनाईने बताए । उनले बीमा सूचना केन्द्र कार्यान्वयनमा ल्याइने बताए ।

‘बीमा सेवालाई सर्वसुलभ र भरपर्दो बनाईनेछ । भौतिक सम्पत्ति बीमा प्रवद्र्धन गर्दै बीमा सूचना केन्द्र कार्यान्वयनमा ल्याइनेछ’, उनले भने ।

यस्तै, आगामी आर्थिक वर्षमा सरकारले बीमा साक्षरता कार्यक्रम संचालन गर्ने भएको छ । ग्रामिण तथा निम्न आय वर्गलाई बीमामा समेट्न बीमा साक्षरता कार्यक्रम संचालन गरिने भएको हो ।


प्रतिक्रिया दिनुहोस्