स्वास्थ्य बीमा प्रणाली एकीकृत हुने: सुविधा थैली परिमार्जन हुने, गम्भीर रोगको उपचार पनि बीमाबाट

काठमाडौं । सरकारले स्वास्थ्य बीमा प्रणाली एकीकृत गर्ने भएको छ । प्रणाली एकीकृत गरि उपचारको दायरा विस्तार गर्ने भएको हो ।
शुक्रबार आगामी आर्थिक बर्ष २०८२-८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडलले यस्तो जानकारी गराएका हुन् ।
गम्भिर रोगको उपचारसमेत बीमाबाट हुने व्यवस्था गर्न सुविधा थैली परिमार्जन गरिने राष्ट्रपति पौडेलले बताए । उनले बीमा बोर्डको पुनःसंरचना गरिने बताए । बीमा सेवाको सुशासन र वित्तीय स्थायित्वका लागि पनि बोर्डको पुनः संरचना गरिने उनको भनाई छ ।
बीमा प्रणालीमाथिको व्ययभार न्यून गर्न सरकारद्वार उपलब्ध गराइने आधारभुत तथा अत्यावश्यक औषधीहरु बीमा प्रणालीमा जोडिने भएको हो ।
सबै स्वास्थ्य सेवा र उपचार सुविधा दिने संस्थाहरुको सेवा प्रभावकारी बनाईने भएको छ । छरिएका सबै स्वास्थ्य सेवालाई एकीकृत गरि स्रोतको अभावलाई सम्बोधन गर्न यस्तो गर्न लागिएको हो । उनका अनुसार सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष लगायतका सबै स्वास्थय सेवा र उपचार सुविधा दिने संस्थाहरुको सेवा प्रभावरी बनाईने ।
यस्तै, सबै सरकारी अस्पताललाई एउटै अनलाइन सेवामा आवद्ध गर्ने गरि नागरिक एपलाई सुधार गरिने बताए ।