हिमालयन लाइफले घोषणा गर्यो नयाँ बोनस दर, कुन बीमा योजनामा कति तोक्यो ?

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनस दर कायम गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०८०–८१ को आर्थिक स्थिति लेखाजोखा र दायित्वको मूल्याङकन सम्वन्धि बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन स्वीकृत गरेपछि नयाँ बोनस दर कायम गरेको हो । कम्पनीको प्रतिवेदन नेपाल बीमा प्राधिकरणले बैशाख १५ गते स्वीकृत गरेको हो ।
कम्पनीले मुनाफामा सरिक हुने सम्पूर्ण जीवन बीमालेखहरुको लागि उक्त अवधिको प्रतिवर्ष प्रतिहजार बीमाङ्कमा बोनसदर निर्धारण गरेको हो ।
अर्को बीमाङ्कीय मूल्याङ्कन प्राधिकरणबाट स्वीकृत नभएसम्मको लागि आव २०८०–८१ कै बोनस दर मृत्यु दावी भुक्तानी, पूर्ण वा आंशिक अवधि दावी भुक्तानी, समर्पण मूल्य दावी भुक्रानी, चुक्ता मूल्य दावी भुक्तानी तथा चालु बीमालेखहरुमा कायम हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सावधिक बीमालेखमा अवधिअनुसार न्युनतम २६ रुपैयाँदेखि ६३ रुपैयाँ बोनस दर कायम गरेको छ ।
सावधिक तथा आजीवन बीमा योजनामा न्युनतम ३६ रुपैयाँदेखि ७५ रुपैयाँ, अग्रिम भुक्तानी सावधिक योजनामा ५६ देखि ८६ रुपैयाँ, जीवन उपहार (अग्रिम भुक्तानी सावधिक) मा ४८ र सोही बीमालेखको सावधिकमा ३१ रुपैयाँ बोनस दर कायम गरेको छ ।
