‘सुरक्षित र प्रतिफल दिने लगानीमा नेपाल लाइफको नयाँ कदम, योजनाबद्ध लगानी र सशक्त बोनस’

काठमडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले लगानी विविधीकरणलाई कम्पनीको प्रमुख रणनीतिका रूपमा लिएको बताए ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पूर्णस्वामित्वमा रहेको नेपाल इन्स्योरेन्स इन्भेस्टमेन्ट कम्पनीको केन्द्रीय कार्यालय समुद्घाटन समारोहमा सीइओ पराजुलीले यस्तो बताएका हुन् ।
सुरक्षित र प्रतिफल दिने क्षेत्रमा लगानी गर्न इन्भेस्टमेन्ट कम्पनी स्थापना गरिएको सीइओ पराजुलीको भनाई छ । बीमितबाट संकलित बचत रकमलाई लाभदायक क्षेत्रमा लगानी गरिने बताए ।
प्रतिफल सुनिश्चित गर्न सकिने क्षेत्रहरूमा मात्र लगानी गरिने स्पष्ट पारे । ‘जोखिम व्यवस्थापनसहित सुनिश्चित प्रतिफल दिने क्षेत्रमा मात्रै लगानी गर्ने नीति लिएका छौं’, उनले भने ।
कम्पनीले बीमितहरूको आवश्यकता र चाहनालाई ध्यानमा राखी जीवन बीमा योजनाहरू ल्याएको सीइओ पराजुलीले बताए । ‘बीमितबाट संकलित बचत रकमलाई सुरक्षित र प्रतिफल दिने क्षेत्रमा लगानी गर्न इन्भेस्टमेन्ट कम्पनी स्थापना गरिएको हो’, उनले भने ।
सेयरधनीहरूलाई अझ सशक्त बोनस दिने प्रतिवद्धता व्यक्त गरे । कम्पनीले निरन्तर रूपमा सेयरधनी तथा स्टेकहोल्डरहरूलाई आकर्षक लाभांश प्रदान गर्दै आएको पुराजुलीले बताए । आगामी दिन पनि योजनाबद्ध ढंगले लाभदायक क्षेत्रमा लगानी गरेर सेयरधनीहरूलाई अझ सशक्त बोनस प्रदान गर्ने उनको प्रतिवद्धता छ ।
हाल कम्पनीले जीवन बीमा सुविधासहित बीमित र लगानीकर्तालाई सन्तोषजक बोनस दिँदै आएको जानकारी गराए ।
उनले भने,‘नेपाल लाइफले साढे दुई दशकभन्दा बढीको यात्रामा बीमित तथा लगानीकर्तालाई जीवन बीमा सुविधा मात्र नभई सन्तोषजनक बोनससमेत दिँदै आएको छ । आगामी दिनमा पनि योजनाबद्ध ढंगले लाभदायक क्षेत्रमा लगानी गर्नेछौं, सेयरधनीहरूलाई अझ सशक्त बोनस प्रदान गर्नेछौं ।’