प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा सामान्य बढ्यो, प्रतिसेयर आम्दानी कति ? « Arthapath.com
२६ बैशाख २०८२, शुक्रबार

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा सामान्य बढ्यो, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले २७ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.६७ प्रतिशत मात्र बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २६ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको खुद बीमा शुल्क आर्जन १७.८१ प्रतिशतले बढेर ३ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यसैअवधिमा कम्पनीले २ अर्ब ९६ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

लगानी तथा कर्जाबाट हुने आम्दानी ६.४६ प्रतिशतले बढेर ८९ करोड ६१ लाख रुपैयाँ पुगेको छ ।

नाफा बढेपनि इन्स्योरेन्सको प्रतिसेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ७१ पैसा घटेर ७ रुपैयाँ ६४ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ८९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७१.६९ गुणा रहेको छ।

४ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको सेयर प्रिमियम १ करोड ९३ लाख रुपैयाँ, महाविपत्ती कोषमा १० करोड ४७ रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ७९ करोड ४५ लाख रुपैयाँ र अन्य इक्विटीमा ११ करोड ५७ लाख रुपैयाँ सञ्चित छ।


प्रतिक्रिया दिनुहोस्