१०.७७ प्रतिशत बढ्यो सानिमा रिलायन्सको नाफा, बीमा कोषको आकार १७ अर्ब ८१ करोड « Arthapath.com
२८ बैशाख २०८२, आईतवार

१०.७७ प्रतिशत बढ्यो सानिमा रिलायन्सको नाफा, बीमा कोषको आकार १७ अर्ब ८१ करोड



काठमाडौं । सानिमा रिलायन्स लाइफको नाफा साढे १० प्रतिशत वृद्धि भएको छ । कम्पनीले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

९ महिनामा कम्पनीले ३३ करोड ७६ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा भने १०.७७ प्रतिशत बढी हो । गत आवको सो अवधिमा कम्पनीले ३० करोड ४८ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन पनि १५.८८ प्रतिशत बढेर ४ अर्ब ६५ करोड १६ लाख ३७ हजार रुपैयाँ कायम भएको छ । कम्पनीले लगानी तथा कर्जाबाट पनि १ अर्ब १८ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

समिक्षा अवधिमा कम्पनीको कुल आम्दानी १७.१५ प्रतिशत वृद्धि भई ६ अर्ब १२ करोड ३४ लाख रुपैयाँ पुगेको छ । यता, कुल खर्च पनि १७.४१ प्रतिशत बढेर ५ अर्ब ७८ करोड ७९ लाख रुपैयाँ कायम भएको छ ।

कम्पनीले दावी भुक्तानी पनि २२.३८ प्रतिशत बढाएको छ । ९ महिनामा कम्पनीले ४ अर्ब ६९ करोड ७२ लाख रुपैयाँ दावी भुक्तानी गरेको देखिन्छ ।

कम्पनीले जीवन बीमा कोषको आकार पनि ४५.२४ प्रतिशत बढाएर १७ अर्ब ८१ करोड ४८ लाख रुपैयाँ पुर्याएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड ४९ लाख रुपैयाँ छ । कम्पनीले महाविपत्ति कोष १५ करोड ३६ लाख ७६ हजार रुपैयाँ राखेको छ ।

हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ८.९८ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ ११०.६ रुपैयाँ छ ।


प्रतिक्रिया दिनुहोस्