नेको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Arthapath.com
२८ बैशाख २०८२, आईतवार

नेको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । नेको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैशाख ३० गते एक दिनका लागि बुकक्लोज गर्दैछ।

भोली अर्थात बैशाख २९ गते, सोमबार, बुद्ध जयन्तीको अवसरमा सार्वजनिक बिदा रहेको छ । आजसम्म नेप्सेमा कायम भइ कारोबार गर्ने सेयरधनीके मात्र कम्पनीको प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न कम्पनीले जेठ ९ गते, शुक्रबार, लिसारा रिसेप्सन, नक्साल, काठमाडौँमा २९ औँ वार्षिक साधारणसभा बोलाएको छ।


प्रतिक्रिया दिनुहोस्