हरेक सूचकमा अब्बल कहलिएको नेपाल लाइफको कस्तो छ वित्तीय प्रगति ? « Arthapath.com
२८ बैशाख २०८२, आईतवार

हरेक सूचकमा अब्बल कहलिएको नेपाल लाइफको कस्तो छ वित्तीय प्रगति ?



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाफा साढे ८ प्रतिशत वृद्धि भएको छ । कम्पनीले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

९ महिनामा कम्पनीले ६५ करोड २२ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा भने ८.६४ प्रतिशत बढी हो । गत आवको सो अवधिमा कम्पनीले ६० करोड ३ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन पनि ११.६१ प्रतिशत बढेर ३२ अर्ब ५० करोड ७२ लाख ९ हजार रुपैयाँ कायम भएको छ । जबकि, गत आवको तेस्रो त्रैमासमा भने यस्तो बीमा शुल्क २९ अर्ब १२ करोड ४९ लाख ५३ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीले लगानी तथा कर्जाबाट पनि १२ अर्ब १२ करोड ३८ लाख १७ हजार रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा १०.९१ प्रतिशत धेरै हो ।

समिक्षा अवधिमा कम्पनीको कुल आम्दानी ११.५३ प्रतिशत वृद्धि भई ४७ अर्ब ७२ करोड ८४ लाख रुपैयाँ पुगेको छ । यता, कुल खर्च पनि १३.०९ प्रतिशत बढेर ४४ अर्ब ९० करोड ५५ लाख रुपैयाँ कायम भएको छ ।

कम्पनीले दावी भुक्तानी पनि १३.०९ प्रतिशत बढाएको छ । समिक्षा अवधिमा आइपुग्दा कम्पनीले ४१ अर्ब ९ करोड ७ लाख रुपैयाँ दावी भुक्तानी गरेको देखिन्छ ।

कम्पनीले जीवन बीमा कोषको आकार २ खर्ब २५ अर्ब ६७ करोड ४९ लाख ७८ लाख छ । जबकि, गत आवको तेस्रो त्रैमासमा भने १ खर्ब ८८ अर्ब १८ करोड ५७ लाख ४७ हजार रुपैयाँ छ ।

हाल कम्पनीको चुक्ता पुँजी ९ अर्ब २ करोड ८७ लाख रुपैयाँ छ । कम्पनीले महाविपत्ति कोषमा १ अर्ब ३२ कारेड ३१ लाख रुपैयाँ राखेको छ ।

हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ९.६३ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १३५.८१ रुपैयाँ छ ।


प्रतिक्रिया दिनुहोस्