व्यापार विस्तारसँगै चुलियो क्रेष्ट माइक्रो लाइफको नाफा, अन्य सूचकमा पनि चमक « Arthapath.com
२८ बैशाख २०८२, आईतवार

व्यापार विस्तारसँगै चुलियो क्रेष्ट माइक्रो लाइफको नाफा, अन्य सूचकमा पनि चमक



काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको नाफा उल्लेख्य बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म इन्स्योरेन्सले १ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६३८.६४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा १४ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको बीमा शुल्क आम्दानी ३४६.४२ प्रतिशतले बढेर १९ करोड ४१ लाख रुपैयाँ पुगेको छ । व्यवसाय विस्तार आक्रामक भएसँगै कम्पनीको नाफा चुलिएको हो

कम्पनीको जीवन बिमा कोषको आकार १४ करोड ९७ लाख रुपैयाँभन्दा धेरै छ । अहिल्लो वर्षको सोही अवधिमा जीवन बीमा कोषको आकार पनि ९२ लाख ४१ हजार रूपैयाँ रहेको थियो ।

लगानी तथा कर्जाबाट हुने आम्दानी पनि ८.०३ प्रतिशत बढेर ३ करोड ७९ लाख रुपैयाँ नाघेको छ ।

कम्पनीको कुल आम्दानी १९८.७२ प्रतिशत बढेर २ करोड ३४ लाख पुगेको छ भने कुल खर्च १९०.५९ प्रतिशत बढेर २ करोड २४ लाख पुगेको छ । त्यस्तै, खुद दाबी भुक्तानी ३८३.१५ प्रतिशत बढेर १ कोर्द ३० लाख पुगेको छ ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १ रुपैयाँ ५१ पैसा बढेर १ रुपैयाँ ८७ पैसा पुगेको छ। चैतको अन्त्यसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात १९५.४० गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ ८८ पैसा रहेको छ।

हालसालै आइपीओ बिक्री गरेर चुक्ता पूँजी ७५ करोड रुपैयाँ पुर्याएको इन्स्योरेन्सको महाविपत्ती कोषमा २० लाख ४८ हजार रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १ करोड २२ लाख रुपैयाँ र अन्य इक्विटीमा ७३ लाख ३२ हजार रुपैयाँ सञ्चित छ।


प्रतिक्रिया दिनुहोस्