आइजीआई प्रुडेन्सियलले कमायो साढे २६ करोड नाफा, कस्ता छन् मुख्य सूचकहरु ? « Arthapath.com
२८ बैशाख २०८२, आईतवार

आइजीआई प्रुडेन्सियलले कमायो साढे २६ करोड नाफा, कस्ता छन् मुख्य सूचकहरु ?



काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले साढे २६ करोड रुपैयाँ नाफा कमाएको छ । कम्पनीले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

चालु आवको ९ महिनामा कम्पनीले २६ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । तर, गत आवको तेस्रो त्रैमासको तुलनामा भने यस्तो नाफा ४३.३१ प्रतिशत कमी हो । गत आवको सो अवधिमा कम्पनीले ४६ करोड ७६ लाख बढी नाफा कमाएको थियो ।

नाफा घटेपनि कम्पनीको खुद बीमा शुल्क आर्जन भने ७.१२ प्रतिशत वृद्धि भई ९२ करोड ९१ लाख रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा कम्पनीको कमिसन बापतको आम्दानी पनि ७.८२ प्रतिशत वृद्धि भई ३६ करोड ४२ लाख रुपैयाँ कायम भएको छ । यता, लगानी तथा कर्जाबाट हुने आम्दानी भने १०.२८ प्रतिशत गिरावट देखिन्छ । समिक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २० करोड ९८ लाख रुपैयाँ कायम भएको छ ।

कम्पनीको कुल आम्दानी नै प्रभावित भएको देखिन्छ । समिक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १०.२८ प्रतिशत घटेर १ अर्ब ५२ करोड ७८ लाख रुपैयाँ कायम भएको छ। यता, कुल खर्च भने ११.०५ प्रतिशत बढेर १ अर्ब १४ करोड ९१ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको आम्दानी घटेसँगै कल खर्च भने दोहोरो अंकमा बढेको छ, जसका कारण खुद नाफा प्रभावित भएको हो ।

कम्पनीको दावी भुक्तानी १९.७६ प्रतिशत बढेर ६१ करोड ३० लाख रुपैयाँ पुगेको छ । कम्पनीको चुक्ता पुँजी हाल ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ छ । यस्तै, रिटेन्ड अर्निङमा १२ करोड ५२ लाख रुपैयाँ राखेको छ ।

हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ११.६७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८५.३ रुपैयाँ छ । जबकि, गत आवको सो अवधिमा इपिएस २०.५८ रुपैयाँ रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्