एशियन लाइफको सशक्त वित्तीय प्रदर्शन, नाफा ५९.५१ % बढ्यो, बीमा कोषको आकार साढे ४५ अर्ब माथि « Arthapath.com
२९ बैशाख २०८२, सोमबार

एशियन लाइफको सशक्त वित्तीय प्रदर्शन, नाफा ५९.५१ % बढ्यो, बीमा कोषको आकार साढे ४५ अर्ब माथि



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको नाफामा उल्लेख्य वृद्धि भएको छ । कम्पनीले नाफा साढे ५९ प्रतिशत बढाएको देखिन्छ ।

सोमबार प्रकाशित चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीले ३३ करोड ४७ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो गत आवको तुलनामा भने ५९.५१ प्रतिशत धेरै हो । गत आवको सो अवधिमा कम्पनीले २० करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको खुद बीमा शुल्क आर्जन पनि २०.०२ प्रतिशत वृद्धि भई ६ अर्ब ७३ करोड ८७ लाख रुपैयाँ कायम भएको छ । जबकि, गत वर्षको सो अवधिमा भने यस्तो बीमा शुल्क आर्जन ५ अर्ब ६१ करोड ४७ लाख रुपैयाँ रहेको थियो ।

तर, कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी भने ६.३४ प्रतिशत घटेर २ अर्ब ३६ करोड ९ लाख रुपैयाँ कायम भएको छ ।
कम्पनीको दावी भुक्तानी पनि ८ प्रतिशत वृद्धि भई ७ अर्ब ३९ करोड ६७ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीको कुल आम्दानी ७.३५ प्रतिशत वृद्धि भई ९ अर्ब २३ करोड ९९ लाख र कुल खर्च ६.८० प्रतिशत वृद्धि भई ८ अर्ब ४५ करोड ४३ लाख रुपैयाँ कायम भएको छ ।

जीवन बीमा कोषको आकार पनि ४५ अर्ब ६३ करोड ६७ लाख ३८ हजार रुपैयाँ पुगेको छ । जबकि, गत वर्षको तेस्रो त्रैमासमा यस्तो आकार ४१ अर्ब ३ करोड ५५ लाख रुपैयाँ रहेको थियो ।

हाल कम्पनीको प्रतिसेयर आम्दानी १३.१३ रुपैयाँ छ । जबकि, गत वर्षको तेस्रो त्रैमासमा ८.२३ रुपैयाँ रहेको थियो । यता, प्रतिसेयर नेटवर्थ पनि १२८.५७ रुपैयाँ कायम भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ छ ।


प्रतिक्रिया दिनुहोस्