सिटिजन लाइफको स्थायीत्व देखिँदै : लगानी, नाफा र बीमा शुल्कमा उल्लेखनीय वृद्धि

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको नाफा २७ प्रतिशत वृद्धि भएको छ । कम्पनीले सोमबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
९ महिनामा कम्पनीले ३५ करोड ७६ लाख ४८ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा भने २७.१४ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले २८ करोड १३ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
कम्पनीको खुद बीमा शुल्क आर्जन पनि २०.६७ प्रतिशत बढेर ४ अर्ब ८१ करोड ६२ लाख रुपैयाँ कायम भएको छ । जबकि, गत वर्षको सो अवधिमा कम्पनीको यस्तो बीमा शुल्क ३ अर्ब ९९ करोड ११ लाख रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी २२.९४ प्रतिशत बढेर १ अर्ब ४१ करोड ४० लाख रुपैयाँ पुगेको छ । कम्पनीको खदु दावी भुक्तानी पनि २३.०६ प्रतिशत बढेर ४ अर्ब ८५ करोड ३७ लाख रुपैयाँ कायम भएको छ ।
कम्पनीले लगानी दायरा पनि व्यापक रुपमा विस्तार गरेको देखिन्छ । समिक्षा अवधिमा कम्पनीको लगानी १९.१३ प्रतिशत बढेर २२ अर्ब ७२ करोड ९४ लाख रुपैयाँ कायम भएको छ ।
कम्पनीको कुल आम्दानी २१.१४ प्रतिश बढेर ६ अर्ब ३१ करोड ९३ लाख रुपैयाँ कायम भएको छ । यता, कुल खर्च भने २०.८० प्रतिशत बढेर ५ अर्ब ९६ करोड १७ लाख रुपैयाँ कायम भएको छ ।
हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ९.५४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४६.९१ रुपैयाँ कायम भएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ छ । कम्पनीले महाविपत्ति कोषमा २१ कारेड १२ लाख रुपैयाँ राखेको छ । कम्पनीको जीवन बीमा कोषको आकार पनि ४३.९६ प्रतिशत बढेर १८ अर्ब २ करोड १९ लाख रुपैयाँ कायम भएको छ ।