प्रभु इन्स्योरेन्सले कमायो २० करोड बढी नाफा, हाल कस्तो कम्पनीको वित्तीय अवस्था ?

काठमाडौं । प्रभु इन्सुरेन्स कम्पनीको नाफामा गिरावट आएको छ । कम्पनीको नाफा झन्डै ४९ प्रतिशत घटेको छ ।
कम्पनीले सोमबार प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा कम्पनीले यो अवधिमा २० करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ । तर, यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४८.८४ प्रतिशत कम हो । गत वर्ष यस अवधिमा कम्पनीले ३९ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
तर, कम्पनीको खुद बीमा शुल्क आर्जनमा भने सामान्य बढोत्तरी देखिएको छ । समिक्षा अवधिमा यस्तो बीमा शुल्क २.५७ प्रतिशतले बढेर ४७ करोड ६३ लाख रुपैयाँ पुगेको छ ।
यस्तै, कम्पनीको लगानी तथा कर्जाबाट प्राप्त आम्दानी १४.१२ प्रतिशत घटेर ९ करोड ९९ लाख रुपैयाँमा झरेको छ । गत वर्ष सोही अवधिमा यस्तो आम्दानी ११ करोड ६३ लाख रुपैयाँ थियो ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । यस्तै, प्रतिसेयर आम्दानी भने ३७ रुपैयाँ ९३ पैसाबाट घटेर१८ रुपैयाँ ५३ पैसामा झरेको छ । यता, कम्पनीको प्रतिसेयर नेटवर्थ भने २३५ रुपैयाँ कायम रहेको छ ।