सन नेपाल लाइफको २७ प्रतिशत हकप्रद सेयर बिक्री खुला, चुक्ता पुँजी ५ अर्ब नाघ्ने « Arthapath.com
३० बैशाख २०८२, मंगलवार

सन नेपाल लाइफको २७ प्रतिशत हकप्रद सेयर बिक्री खुला, चुक्ता पुँजी ५ अर्ब नाघ्ने



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिनेछ ।

कम्पनीले आज अर्थात् बैशाख ३० गतेदेखि हाल कायम चुक्ता पुँजीको २७ प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्दैछ ।

कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०.२७ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत बैशाख ५ गते बुकक्लोज गरिसकेको छ । सोही आधारमा बैशाख ४ गतेसम्म कायम सेयरधनीहरुले सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । आवेदन आगामी जेठ १९ गतेसम्म आवेदन दिन सकिनेछ ।

हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख रुपैयाँ पुग्नेछ । हाल यस्तो पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ ।

बिक्री प्रबन्धकमा भने नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्