८ प्रतिशत बोनस सेयर पारित गर्न प्रभु महालक्ष्मीले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । लाभांश पारित गर्न प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले साधारण सभा बोलाएको छ । कम्पनीले आगामी जेठ २६ गते आम्रपाली ब्याङ्क्वेट आठौँ वार्षिक साधारण सभा गर्ने भएको छ ।
सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा रहेको छ । कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश दिने भएको छ । सभाले सोही लाभांश पारित गर्नेछ ।
सभामा सातौँ वार्षिक साधारण सभाबाट ७ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय रद्द गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव छ । सभामा लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित हुनेछन् ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले जेठ २३ गते बुक क्लोज गर्ने भएको छ ।