नेशनल लाइफ इन्स्योरेन्सको सीईओमा दोहोरिए खत्री

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले हाल कार्यरत प्रमुख कार्यकारी अधिृकत (सिईओ) मा सुरेश प्रसाद खत्रीलाई पुनः नियुक्त गर्ने निर्णय गरेको छ ।
कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सिईओमा खत्रीलाई पुनःनियुक्त गर्ने निर्णय गरेको हो । नव नियुक्तसीईओ खत्रीले आजदेखि पदभार ग्रहण गर्नेछन् ।
२०७८ साल जेठ ३ गतेदेखि लागू हुने गरी पहिलो पटक सिईओको जिम्मेवारी सम्हालेका थिए।