लाभांश पारित गर्न एनएलजी इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

लाभांश पारित गर्न एनएलजी इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?



काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले १९ औँ वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीले लाभांश प्रस्ताव पारित गर्ने एजेन्डासहित आगामी जेठ २९ गते, बिहीबार साधारणसभा बोलाएको हो।

उक्त साधारणसभा आम्रपाली ब्याङ्केट, थिरबम सडक, बालुवाटार, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको २.५० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.१३१५७९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ २२ गते एक दिनका लागि बुकक्लोज गर्नेछ। यस अनुसार जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सको साधारणसभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्