लाभांश पारित गर्न रिलायबल नेपालले डाक्यो एजिएम, १२% बोनस पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

काठमाडौं । लाभांश पारित गर्न रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले साधारण सभा बोलाएको छ ।
कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनस र त्यसको कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश दिने भएको हो ।
उक्त लाभांश प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी असार २ गते, आम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौँमा आठौँ वार्षिक साधारण सभा बोलाएको छ ।
सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले जेठ २६ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ।